काठमाडौं । हावाका कारण डच क्लव एजेड अल्कमार क्लवको मैदानको छाना खसेको छ ।
गएराति अल्कमार क्लवको अएफएएस स्टेडियमको एक भागको छत हावाका कारण पुरै खसेको हो । क्लवका प्रबन्ध निर्देशक रोबेर्ट इनहोर्नले अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् । खेल नभएका बेला छत खसेकाले कुनै हताहात या मानवीय क्षति भने भएन ।
तर आर्थिक रुपमा क्लवलाई ठुलो नोक्सान भने भएको छ ।
२००६ मा आर्सनल विरुद्धको मैत्रीपुर्ण खेलपछि यो मैदानको उद्घाटन गरिएको थियो । यहि मैदानमा अगष्ट १५ मा युक्रेनको क्लव एफसी मरिउपोल खेल्ने तालिका रहेको थियो । त्यसको तीन दिनपछि घरेलु लिगको खेल थियो ।
क्लवका एमडी इनहोर्नले सो खेलहरु यहि मैदानमा हुने की नहुने भनेर अहिले नै भन्न उचित नुहने बताए । उनले यदि मैदानको सुरक्षाको अवस्था राम्रो छैन भने कुनैपनि खेल खेलाइने छैन, तर केहि दिनपछि रिपोर्ट हेरेर यस विषयमा निर्णय गर्ने बताए ।