
काठमाडौँ, साउन २६ । श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ परेकी छिन् । मकवानपुरको गढी नगरपालिका– ८ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएकी २५ बर्षीया शिला घले श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी हुन् ।
उनले २४ बर्षीय श्रीमान् जालमान स्याङतानसंग सामान्य विवाद परेपछि तरकारी काट्ने चक्कु प्रहार गरेकी थिईन् । प्रहरीका अनुसार अभियुक्त शिलाले जालमानको छाती र ढाडमा चक्कु प्रहार गरेकी थिईन् ।
घटनाको सुचना पाउनेबित्तिकै महानगरिय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले शिलालाई घटनास्थलबाटै पक्राउ गरेको हो । गम्भिर घाइते भएका जालमानको भने उपचाको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ । अभियुक्त शिलालाई थप अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ ।