काठमाडौँ, साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सार्वजनिक मुद्दा मिलाइदिने र थुनामा रहेका एक आरोपीलाई छुटाइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस मागेको आयोगले आरोप लगाएको छ ।
उनीहरूविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ । यस्तै आयोगले नगराइन नगरपालिका धनुषाका सबइञ्जिनीयर उमेश मण्डललाई रु ५५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
सम्पन्न भएको एक योजनाको प्रतिवेदन तयार पारी भुक्तानी दिने प्रयोजनका क्रममा सबइञ्जिनीयर मण्डलले घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।
\ आरोपी मण्डललाई यही साउन २४ गते पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।