काठमाडौँ, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किएका छन् । उपचारका लागि सिंगापुर पुगेका ओली सोमबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवंम रक्षामन्त्री इश्वर पोखरेल, नेता वामदेव गौतम र सुवास नेम्वाङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
गत श्रावण १८ गते प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र नीजि चिकित्सक दिव्या शाहसहित सिंगापुर पुगेका थिए । १२ बर्षअघि मृगौला प्रत्यारोपण गरिएको र सोको नियमित परिक्षणका लागि प्रधानमन्त्री ओली सिंगापुर पुगेका थिए । चिकित्सकका अनुसार उनको स्वास्थ्यस्थिति सन्तोषजनक नै रहेको छ ।
विमानस्थल अवतरण गरेपछि उनले पत्रकारहरुसंग कुरा समेत गर्न चाहेनन् । स्वागतको लागि आएका मन्त्री तथा पार्टीका नेताहरुसंग भने उनले हँसिलो मुहारसहित प्रस्तुत भएका थिए ।