आवेदन अस्वीकृत भएको केही घण्टामै लामिछानेलाई अमेरिकाको भिसा

आवेदन अस्वीकृत भएको केही घण्टामै लामिछानेलाई अमेरिकाको भिसा

काठमाडौं,साउन २८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अमेरिकाको प्रवेशाज्ञा (भिसा) प्राप्त गरेका छन् । अमेरिकी दूतावासले मंगलबार बिहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले भिसा नपाएपछि दूतावासको निकै आलोचना भएको थियो । तर, दूतावास सन्दीपलाई दिउँसो पुनः बोलाएर भिसा दिएको हो ।

दूतावासले भिसा प्रक्रियाका लागि दोस्रो पटक बोलाएर सन्दीपलाई दूतावासले भिसा दिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन शिवाकोटीले बताएका छन् ।

बिहान भएको अन्तर्वार्तामा मिस कम्युनिकेसन भएको थियो । क्रिकेट नबुझेको मान्छेसँग अन्तर्वार्ता हुँदा उनले नपाएका हुन् । अहिले भिसा प्रक्रिया मिलिसकेको छ, शिवाकोटीले भने । यस्तै शिवाकोटीले सन्दीप सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज जाने जानकारी गाराए ।

वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान दूतावासमा भिसाको निवेदन दिएका थिए । तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । भिसा नपाएपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका थिए ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । यस सिजनको केहि खेल अमेरिकामा हुनेछ । जसको लागि सन्दीपले अमेरिकाको भिसाका लागि निवेदन दिएका थिए । सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन् । गत सिजन सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।

Trending News