धादिङको ज्वालामुखिमा बोलेरो दुर्घटना, १० जना घाइते

धादिङको ज्वालामुखिमा बोलेरो दुर्घटना, १० जना घाइते

धादिङ, २८ साउन । धादिङको ज्वालामुखि गाउँपालिका ३ अमराईमा बोलेरो दुर्घटना भएको छ । बा १३ च ५२३० नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाईते भएको जनाइएको छ ।

यद्धपी घाइतेको अवस्था कस्तो छ भन्ने विवरण आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रवक्ता भोलामान सिंह अधिकारीका अनुसार घटना पछि प्रहरी घटनास्थलमा तर्फ लागेको छ ।

प्रहरीले उद्दारका लागि ४ वटा एम्बुलेन्स पठाएको छ ।

Trending News