काठमाडौँ । प्रधानमन्त्री निवास घेराउ गर्न गएका आरक्षण बचाऔँ आन्दोलनका सहभागीलाई प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट समाजवादी पार्टीका केन्द्रिय सदस्य खगेन्द्र माखिम लगायतका आधा दर्जन नेता कार्यकर्ता घाइते भएका छन् ।
संबैधानिक अधिकार लाई कार्यान्वयन गराउनका लागि दवावस्वरुप शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै यसको सर्बत्र बिरोध गरिएको छ ।
शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेर लाठी चार्ज गर्नु राज्यसत्ताको अपराधी शैली भएको र उत्पीडित जनतालाई अधिकार बिहिन बनाउनु रहेको भन्दै आन्दोलनकारीहरुले बिरोध गरेका छन् । उनीहरुले सरकारको बिरोध गर्दै सरकार भ्रष्ट र नस्लियवादमा फसेको आरोप लगाए ।
भिडियो हेर्नुहोस्