काठमाडौं, २८ साउन । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारी संस्थाहरुमा ऋण अपचलनको सिमा नाघेको बताएकी छिन् ।
स्वाबलम्बन विकास कोषको २८ औं बार्षिकोत्सवमा एकै व्यक्ति धेरै संस्था तथा कम्पनिमा बस्ने र ऋण अपचलन गर्ने गरेको पाइएको बताएकी हुन् । दियोपोस्टले श्री लालीगुराँस सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न कम्पनि मार्फत ऋण निकालेको र अर्बौं ऋण अपचलन गर्ने गरेको तथ्य सहितको समाचार प्रकाशन गरेको थियो ।
अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरि नयाँ ठाउँमा जाने अनि पुरानै धन्दा गर्ने विकृती बढेको बताइन् । उनले कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यान्वयनमा लगिने बताइन् ।