काठमाडौँ, साउन २८ । पोखराको व्यस्त तथा मुख्य व्यापारिक केन्द्र न्यूरोडमा भीषण आगलागी भएको छ । मंगलबार अपराह्न भाटमटेनी सुपरमार्केट अगाडी रहेको एस मिनि मार्केटमा आगलागी हुँदा मिनिमार्केट भित्र रहेका ३२ भन्दा बढी पसलहरु पुर्ण रुपले ध्वस्त भएका छन् ।
आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस तथा पर्दा पसल गरि करिव २० वटा सटरमा क्षति पुगेको छ । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानि ट्यांकरको सहायतामा सुरक्षाकर्मी र स्थानीयको उपस्थितिमा करिब ४० मिनेटपछि आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताएका छन् ।
आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।