मकवानपुर, साउन २८ । हेटौँडा महानगरपालिका बाट ४५ किलो गाँजा बरामद भएको छ । हेटौँडा महानगरपालिका वडा नम्बर १९ मा ३ वटा प्लाष्टिकको बोरामा प्याक गरि राखिएको गाँजा प्रहरीले बरामद गरेको हो ।
बेबारिसे अवस्थामा शंकास्पद वस्तु रहेको खबर प्राप्त हुनासाथ इलाका प्रही कार्यलय नेवारपानीबाट खटिएको टोलीले सो अवैध गाँजा बरामद गरिएको बताइएको छ । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।