लामो दूरीमा २ जना चालक नराख्ने गाडी कारबाहीमा पर्ने

लामो दूरीमा २ जना चालक नराख्ने गाडी कारबाहीमा पर्ने

काठमाडौं, साउन २९ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने विभागको चेतावनी छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

तर धेरै गाडी व्यवसायीले यो नियम पालना गरेका छैनन् । ।

Trending News