म्यानचेस्टर सिटीलाई फिफाद्वारा तीन लाख ३० हजार स्वीस फ्रांक जरिबाना

दियो पोस्ट  

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्ग्लिश क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको छ ।

फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको जनाएको छ । अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।

यसअघि फिफाले चेल्सीलाई २ वर्ष खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको थियो ।

सिटीले भने आफूले अनुबन्ध गरेका युवा खेलाडी, व्यावसायिक नभएर खेलाडीसँगको सम्बन्धका कारण र उनीहरुलाई मैत्रीपूर्ण खेलमा मात्र खेलाएको जनाएको छ । साथै सिटीले फिफाको अनुसन्धानमा पूर्णरुपमा साथ दिने बताएको छ ।

गएकाे सिजन घानाको ड्रिम फुटबल एकेडेमीबाट सिरा लियानी र डोमिनीक ओडुरोलाई सिटीले अनुबन्ध गरेको थियो । फिफाको जरिबानाविरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसनमा अपिल गर्ने भएको छ ।