काठमाडौँ, साउन २९ । भारत प्रशासित काश्मिर मामिलामा चीनले मुख खोलेको छ । काश्मिर विवादपछि भारत र पाकिस्तान दुवै देशमा विदेश मन्त्रीहरु चिन पुगेका थिए ।
दुवै देशमा विदेशमन्त्रीहरुले चिनियाँ विदेशमन्त्रीसंग भेटवार्ता गरिसकेका छन् । भेटपछि चिन पाकिस्तानप्रति सकारात्मक भएको अभिव्यक्ति दिएको छ भने, भारतमाथि क्षेत्रिय तनाव उत्पन्न गर्न खोजेको आरोप लगाएको छ ।
बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वा यीले काश्मिर मामिलामा भारतले उठाएको कदमको असर दक्षिण एसिया क्षेत्रभरि नै पर्न सक्ने भन्दै शान्तिपुर्ण ढंगले विवाद समाधान गर्नका लागि सुझाव समेत दिएका छन् ।
काश्मिर मामिलापछि भारत पाकिस्तान विवाद भौतिक रुपमै आउन सक्ने भन्दै विदेशमन्त्री यीले दुवै देशले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । भारत पाकिस्तानको संघर्ष र काश्मिर मामिलाले चिनलाई अत्यन्त चिन्तित रहेको बताएका छन् । चिनले सँधै एकपक्षिय कार्यको विरोध गर्दै आइरहेको कुरालाई स्मरण गराउँदै विदेशमन्त्री यीले भारतको कदमले चीनको सार्वभौम अधिकार र चासोलाई चुनौती दिएको समेत बताएका छन् । उनका अनुसार दिल्लीले लद्दाखलाई केन्द्रशासित प्रदेश घोषणा गरेपछि चिनको सार्वभौम अधिकारलाई चुनौती दिएको समेत बताएका छन् ।
काश्मिरमा भारतले चलेको कदमपछि पाकिस्तानका विदेशमन्त्री अखदूम शाह महमूद कुरेसी पनि अगस्त ९ तारिख आकस्मिक रुपमा बेइजिङ आएका थिए। उनले आफ्ना समकक्षी यीलाई कश्मीरमाथि भारतले गरेको हस्तक्षेपको बेलिविस्तार लगाएका थिए।
भेटमा यीले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव तथा द्विपक्षीय सम्झौताअनुसार उचित ढंग तथा शान्तिपूर्ण तवरले समाधान गर्नुपर्ने बताएका थिए। साथै उनले भारत नियन्त्रित कश्मीर मुद्दा औपनिवेशिक कालको बाँकी भाग भएको समेत बताएका थिए। चीनले पाकिस्तानलाई निरन्तर साथ दिने प्रतिबद्धता जाहेर गर्दै यीले भारत तथा पाकिस्तान दुवै मित्रवत् छिमेकी मुलुक तथा विकासोन्मुख राष्ट्र भएको पनि बताएका थिए।