स्कुल विभागमा दुई अध्यक्षबिच नै सहमती जुट्न नसकेपछि सचिवालय वैठक स्थगित

दियो पोस्ट  

काठमाडौँ, साउन २९ । नेपाल कम्युनिस्ट पार्टीका पुर्वनिर्धारित सचिवालय वैठक स्थगित भएको छ । बुधबार बस्ने भनिएको वैठक दुई अध्यक्षबिच सहमती जुट्न नसकेपछि सचिवालय वैठक स्थगित भएको हो ।

पार्टी एकिकरणको समपुर्ण कामहरु भइसकेको भएतापनी नेकपा भित्र स्कुल विभागको जिम्मेवारी वाँडफाँड गर्नै बाँकी रहेको छ । स्कुल विभागमा पुर्वमाओवादी तर्फबाट नारायणकाजी श्रेष्ठले दावि गरेका छन् भने पुर्व एमालेका तर्फबाट इश्वर पोखरेलले दावि गरेका छन् । स्कुल विभाग कसलाई दिने भन्ने बारे छलफल गर्नका लागि नै सचिवालय वैठक बोलाइएको थियो ।

सचिवालय वैठक बस्नु अगाडी दुई अध्यक्षहरुले छुट्टै भेटघाट गरि छलफल गरेका थिए । स्कुल विभाग नारायणकाजीलाई दिनुपर्ने माग अध्यक्ष दाहालको रहेको छ भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उक्त प्रस्तावमा सहमत छैनन् । दुइ अध्यक्ष बिच नै सहमती नजुटेपछि सचिवालय वैठकको औचित्य नरहेको कारण वैठक स्थगित गरिएको एक सदस्यले बताएका छन् ।