ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा बालकुमारीमा एकको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, साउन २९ । महानगरिय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनका लागि खटिएको भ्यानको ठक्करबाट राजधानीको बालकुमारीमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति ट्राफिक महाशाखाबाट अनुगमनका लागि हिँडेको बा १ झ ७८६६ नम्बरको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको भएपनि अस्पतालले बुधबार विहान उनलाई मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार सो व्यक्ति सडकमै बस्ने र मंगलबार राति बोरा ओडेर सडकमा बसिरहेको बेला अकास्मात् दुर्घटना भएको बताएको छ ।

सडकमै बस्ने भएको कारण उनको परिचय पनि खुल्न नसकेको प्रहरीको भनाई छ । उनको मानसिक सन्तुलन समेत ठिक नभएको प्रहरीको अनुमान छ ।

महाशाखाको भ्यान र चालक दुवैलाई महानगरिय प्रहरी वृत्त बानेश्वले नियन्त्रणमा लिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।