बलात्कारको प्रतिकारमा १३ बर्षीया बालिकाद्धारा युवकमाथि खुकुरी प्रहार

बलात्कारको प्रतिकारमा १३ बर्षीया बालिकाद्धारा युवकमाथि खुकुरी प्रहार
फाइल फाेटाे

काठमाडौँ, साउन २९ । झापाको वुद्धशान्ती गाउँपालिकामा १३ बर्षीया बालिकाले आफुमाथि बलात्कारको प्रयास भएपछि प्रतिकारस्वरुप खुकुरी चलाएकी छिन् । स्थानिय युवा सन्तोष गुरुङले आफुमाथि बलात्कारको प्रयास गरेपछि बालिकाले सिरानी मुनि राखेको खुकुरीले प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका युवकलाई स्थानिय युवाहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । गुरुङले यसअघि पनि बालिकामाथि पटकपटक यौन दुव्र्यवहार गर्दै आएको पाइएको छ । आमा वैदेशिक रोजगारको क्रममा ओमनमा रहेको र बाबु गाउँमै सामान्य मजदुरी गर्ने भएको कारण मौका छोपेर आउने र धम्की दिँदै करणीको प्रयास गर्ने पीडित बालिकाले बताइन् ।

आफुले करणी गरेको कुरा अरुलाई भनेको खण्डमा बाबुलाई मारिदिने धम्की दिएको कारणले कसैलाई पनि पीडा सुनाउन नसकेको पीडित बालिकाले बताएकी छिन् । अति भएपछि उनले नजिकैको भाउजु नाता पर्ने एकजना महिलालाई दुखेसो पोखेपछि घटनाको बारेमा सबैलाई थाहा भएको हो ।

पुनः बलात्कारको लागि भुइँमा लडाएर मुख थुन्न थालेपछि बालिकाले नजिकै रहेको खुकुरीले गुरुङमाथि प्रहार गरेकी हुन् । ‘ तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, गुरुले सिकाउनु भएको छ ।’ बालिकाले भनिन् , पीडा सहनुभन्दा मारेर जेल जान ठिक लाग्यो त्यसैले खुकुरी निकालेर छप्काइदिएँ ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Trending News