काठमाडौं, ३० साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवी लामिछानेलाई काठमाडौं प्रहरीले चितवन प्रहरीलाई जिम्मा लगाएको छ ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तम सुवेदीले लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएको पुष्टि गरे ।
लामिछानेलाई आज चितवन लगिने र हिरासतमा राखी २४ घण्टा भित्र म्याद थप्ने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले केही बेरअघि पक्राउ गरेको अस्मीता कार्कीको बयानका आधारमा लामिछानेलाई पक्राउ गरेको हो ।
माउन्टेन टेलिभिजनका पत्रकार स्वर्गिय शालिकराम पुडासैनीको रहस्यमयी आत्महत्या प्रकरणमा लामिछानेलाई छानबीनका लागि पक्राउ गरिएको हो ।
पुडासैनीले भिडियो बयानमा आफूलाई रवि लामिछानेले आत्महत्या गर्न प्रेरित गरेको आरोप लगाएका थिए ।