सुनको भाउमा निरन्तर वृद्धी, प्रतितोला मुल्य ७१ हजार पाँच सय

सुनको भाउमा निरन्तर वृद्धी, प्रतितोला मुल्य ७१ हजार पाँच सय

काठमाडौँ, साउन ३२ । सुनको मुल्य निरन्तर उकालो लागिरहेको छ । विहीबारसम्म ७१ हजार प्रतितोलामा कारोबार भइरहेको सुन शनिबारसम्म आइपुग्दा पुनः पाँच सयले बृद्धी भएको
छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा पुन ५ सयले वृद्धी भइ शुक्रबारसम्म छापावाल सुन ७१ हजार ५ सय प्रतितोलाको मुल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको छ भने असली चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मुल्यमा निरन्तर आएको बृद्धीका कारण बजारमा सुनको माग विस्तारै कम हुन थालेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनका गहना किन्नेभन्दा बढी सुनको गहना बेच्ने ग्राहकहरु को संख्या बढ्न थालेको काठमाडौँमा सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यवसायीले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासघले भने सुनको भाउ अन्तराष्ट्रिय बजारमा नै बढेर आएको हुँदा त्यसको स्वभाविक असरस्वरुप नेपालमा पनि बढेको बताएको छ । अझै केही समय सुनचाँदीको मुल्य थप बढ्न सक्ने महासंघले जनाएको छ ।

Trending News