काठमाडौँ, भाद्र १ । वंगलादेशको एक झुपडी वस्तीमा भीषण आगलागी भएको छ । राजधानी ढाकाको चलाटिकामा रहेको एक झुपडी बस्तीमा आगलागी हुँदा १५ हजार घर जलेर नष्ट भएका छन् ।
झुपडी बस्तीका अधिकांश छानाहरु प्लाष्टिकबाट बनेका कारण तीब्र गतिमा आगो फैलिएको थियो । १५ हजार घर जलेर नष्ट हुँदा ५० हजार मानिसहरु विस्थापित भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
आगलागीमा मानविय क्षति भने नभएको जनाइएको छ । सम्पुर्ण मानिसहरु बकर इद मनाउनका लागि आफ्नो पुख्र्यौली घर गएका कारण आगलागी भएको हुँदा मानविय क्षति हुन पाएन । आगलागीको कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।
आगलागीबाट घरबारविहीन भएका स्थानियहरुलाई सरकारले राहत प्रदान गर्ने घोषणा गरिसकेको छ ।