करिश्माले माफी माग्दै भनिन्, ‘मैले जनतालाई भेडा भनेको होइन’

करिश्माले माफी माग्दै भनिन्, ‘मैले जनतालाई भेडा भनेको होइन’

काठमाडौँ, भाद्र १ । सामाजिक संजालमा स्टाटस लेखेर गाली खाएकी अभिनेतृ करिश्मा मानन्धरले सामाजिक संजालमार्फत नै माफी मागेकी छिन् । फेसबुका गत शुक्रबार फेसबुकमा लेखेको कुराहरुलाई गलत तरिकाले बुझेको भन्दै आफुले जनतालाई भेडा नभनेको बताएका छन् ।

शुक्रबार उनले लेखेको फेसबुक स्टाटसको अन्तिम ‘भेडाहरुको कोलाहल’, ‘सत्य तितो हुन्छ’ वाक्य प्रयोग गरेकी थिइन् । सामाजिक संजालमा यस्तो शब्द प्रयोग गरेपछि फेसबुकबाटै करिश्माले नराम्रो गालीसमेत खाएकी छिन् । गाली बढेपछि करिश्माले आइतबार विहान अर्को स्टाटस लेख्दै जनताले आफ्नो बिचारलाई गलत तरिकाले बुझेको बताउँदै माफी मागेकी छिन् ।

उनले लेखेकी छिन् , आदरणीयहरु मा के आग्रह गर्न चाहान्छु भने कुनैपनि शब्दको अतिवादी सोच बनाउदै तेस्को काल्पनिक अर्थ नलगाई दिनु होस , म पनि जनता ले नै बनाएको मानिस हु , समाज प्रती उतरदाइत्व महसुस गर्ने मानिस हु । तेसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजाल मा केही लेख्ने गर्छु । अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिये त्यसामा जनतालाई भेडा भनेको होइन , भेडो सोझो हुन्छ , खराव होइन १ त्यो भेडो पनलाई इन्कित गरेको हु ।

नेपाल को जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ , वाहाहरु को मायाले आज यो कलाकार करिश्मा मानन्धर छ ।

तर के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ , कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ , हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो १ राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ । सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दाइत्व हो । फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केस मा हो । राज्यले सहि तरिकाले कामकामकारबाही गर्न असमर्थ भयेका कारण अराजकता फैलियो भनेको हु ।

अन्त्यमा मेरो शब्दले मेरो शब्द अफुलाइ भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला ।त्यो कुनै व्यक्तिलाई भनेको होइन प्राविधिलाई भनेको हु जसबाट हामी सबै बच्नु पर्छ । शुभदिन

Trending News