स्पेनिस लालिगाः ग्रिजम्यानको फितलो खेल, कमजोर बन्दै बार्सिलोना

स्पेनिस लालिगाः ग्रिजम्यानको फितलो खेल, कमजोर बन्दै बार्सिलोना

काठमाडौँ, भदौ १ । एथ्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइन् ग्रिजम्यान बार्सिलोनामा अनुवन्धित भएपछि कमजोर देखिएका छन् । अनुवन्ध भएपछि बार्सिलोनाका लागि खेलेका अधिकांश खेलहरुमा ग्रिजम्यानले निकै फितलो खेल खेलेका छन् ।

स्पेनिस लालिगाको पहिलो उद्घाटन खेलमा ग्रिजम्यान्ले आशा गरिएको अनुसार खेल्न सकेनन् त्यसको फलस्वरुप शुरुवातमै हार व्यहोर्नु पर्यो । कप्तान लियोनल मेसी शारीरिक चोटका कारण उद्घाटन खेल खेल्न सकेनन् । अर्का खेलाडी स्वारेजपनि पहिलो हाफमै चोटका कारण मैदान छाडे ।

स्टार खेलाडीले बार्सिलोना भरिएको भएतापनी प्रदर्शन भने फितलो भएपछि पछिल्लो समयमा बार्सिलोना निकै कमजोर देखिएको छ । टिमलाई थप बलियो बनाउनका लागि बार्सिलोनाले ग्रिज्म्यान् र फ्रांकी डे जोङलाई अनुवन्ध गरेको थियो । तर शुक्रबारको खेल हेर्दा उनिहरुबाट जे आशा गरिएको थियो त्यो पुरा हुन नसक्ने देखिन्छ ।

शुक्रबार एथ्लेटिको बिल्बाओसंग भएको उद्घाटन खेलमा बार्सिलोना पराजित भएको छ । खेलमा निकै सुन्दर अवसरहरु आएको भएपनि बार्सिलोनाले गोल गर्न सकेन । विशेषगरि एन्टोइन ग्रिजम्यानले धेरै अवसरहरु गुमाए । निकै राम्रा बलहरुलाई पनि ग्रिजम्यानले नियन्त्रण गर्न सकेनन् ।

टिममा भर्खरै अनुवन्ध भएको कारणले पनि बार्सिलोनमा ग्रिजम्यानको प्रदर्शन केही खरावी भएको प्रशिक्षकले बताएका छन् । उनको प्रदर्शन विस्तारै सुध्रँदै जानेमा समेत बार्सिलोना विस्वस्त छ ।

Trending News