काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
भक्तपुरका अन्तिम राजा रणजित मल्ल र उनले भोेगेको पराजयलाई मुख्य विषयबस्तु बनाएर लेखिएको उपन्यास रणहार अन्तिम सूचीको सर्वोत्कृष्ट सात पुस्तकमध्ये मदन पुरस्कार पाउन सफल भएको हो ।
त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय गरेको छ । काइँलाले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको उल्लेख गरेको छ ।दुवै पुरस्कारको राशी ४÷४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।
यस वर्ष मदन पुरस्कार मदन पुरस्कार गुठीलाई प्राप्त २५७ पुुस्तकमध्ये एकादेशमा, ओक्कल दोेक्कल पीपल पात, ज्ञ, फातसुङ, मरिचिका, रणहार र विचारको लास मदन पुरस्कार २०७५ को छनोटमा परेका थिए ।
पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।