महोत्तरी, भदौ १ । बोक्सीको आरोप लगाउँदै महिलालाई मलमुत्र खुवाएको आरोपमा महोत्तरी प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भंगहा नगरपालिका–४, रामनगरकी ३० वर्षीया इन्दुदेवी दनुवार र सकेश्वरीदेवी दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेकाहरुले स्थानीय ३५ वर्षीया चन्दादेवी दनुवारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताएका छन् ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धानको लागि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराइएको छ।