अरूण खोलाको डाइभर्सन बाढीले बगायो, हजारौँ यात्रु अलपत्र

दियो पोस्ट  

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन समेत बाढीले बगाएको छ । डाइभर्सन डुवेपछि परेपछि पूर्व-पश्चिम राजमार्गमा चल्ने हजारौँ यातायात प्रभाबित बनेका छन् । आइतबारदेखि बाढी कम नभए पछि हजारौँ यात्रु अलपत्र भएका छन् ।

गत बुधबार मालबाहक ट्रकले पुलको रेलिङ्गमा ठक्कर दिँदा पुल बाङ्गिएको थियो । पुलमा समस्या आएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उनको भनाइ छ ।