प्रचण्ड भन्छन, ‘प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच बर्षसम्म नै रहन्छ’

दियो पोस्ट  

जनकपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरेका छन् ।


एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुने बताएका छन् । रासस