काठमाडौँ, भदौ ४ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित मसिनेमा वृक्षारोपण गरिएको छ । वडा कार्यलयको पहलमा मंगलबार करिब पाँच सय विरुवा रोपिएको हो ।

वृक्षारोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेती आफैपनि उपस्थित भएर विरुवा रोपेका थिए । त्यस्तै प्रदेश सभा सदस्य रमा आले मगर ,पुर्व सांसद रुपा महर्जन सहित नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरि नगरपालिकाका अन्य सदस्यहरु सहभागीतामा वृक्षारोपण सम्पन्न भएको चन्द्रागिरिबाट दिनेश परियारले दियोपोस्टलाई बताए ।

चन्द्रागिरिले नगरपालिकाले २२ हजार रुखविरुवा रोप्ने योजना बनाएको छ । यसअघि वन मन्त्री शक्ति बस्नेतको उपस्थितिमा सडकमा वृक्षारोपण गरिएको थियो ।