इतिहासकै ठुलो भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार, दुई सय मुद्धाको गम्भिर अनुसन्धान हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार पाँच सय भ्रष्टाचारका आरोपको घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार आयोजना गरेको सुशासन र राजनीतिक सदाचार कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।

आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सवैभन्दा बढी ३ सय ५१ मुद्दा विशेष अदालतमा दायर गरेको प्रमुख घिमिरेले बताए । ती मुद्दामध्य ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको उनको भनाई छ । झण्डै दुई सय अनुसन्धानको दायारामा आएका उनले जानकारी दिए ।

भ्रष्टाचारको आरोपीतहरुले अख्तियारको हिरासत भरिएको कारण आयोगलाई हिरासत व्यवस्थापन गर्न गाह्रो भएको समेत अध्यक्ष घिमिरेले बताएका छन् । आयोगले नमूनामा रुमा नागरिक निगरानी समुह गठन समेत सुरु गरेको छ । आयोगको नजरमा एक रुपैयाँ वा एक अर्ब जति खाने पनि भ्रष्टाचारी भएको कारण ठुलो माछा वा सानो माछा भनेर छुट्याउने आधार नभएको समेत उनले बताएका छन् । रासस