केजिएफ २ः अधिराको भुमिकामा संजय दत्त

केजिएफ २ः अधिराको भुमिकामा संजय दत्त

एजेन्सी । अघिल्लो बर्ष निकै चर्चा कमाएको कन्नड फिल्म केजिएफको सिक्वेल बन्ने भएको छ । गत साउन महिनामा केजिएफ २ को टिजर समेत प्रस्तुत भइसकेको छ ।

आगामी बर्ष प्रदर्शन हुने केजिएफको दोस्रो भागमा संजय दत्त मुख्य भिलेनको रुपमा देखिने छन् । पहिलो भागमा निकै रहस्यमयी पात्र अधिराको भुमिकामा संजय दत्त देखिन लागेका हुन् । उनको पोस्टर गत साउन १४ गते रिलिज भएको थियो । अधिराको भुमिकामा केजिएफमा अभिनय गर्न पाउँदा निकै खुशि भएको संजय दत्तले बताएका थिए ।

गत बर्ष केजिएफले कन्नड फिल्ममा निकै राम्रो कमाइ गरेको थियो । कन्नड फिल्म इतिहासमा केजिएफले सर्वाधिक २५० करोड भारु कमाएको थियो । पहिलो भाग सफल भएकै कारण सिक्वेल आउन लागेको हो । आगामी २०२० मा रिलिज हुने चलचित्र अहिले छायांकन भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Trending News