काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बुधबार झिनो अंकले बढेको छ । निक्कै उतार चढावपूर्ण रहेको नेप्से अन्त्यमा शून्य दशमलव ४२ अंकले बढेको हो ।
कुल १६१ कम्पनीको १२ लाख ७० हजार कित्ता २९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सोल्टी होटल कम्पनीको ४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने आज पनि विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
यस कम्पनीको शेयर मूल्य ५.७३ अंकले बढेको छ । साथै यस दिन गणपति माइक्रो फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ५ अंकले घटेको छ ।