साफ यु–१५ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल ५–० ले पराजित

दियो पोस्ट  

काठमाडौँ, भदौ ४ । साफ अण्डर १५ च्याम्पियनसिपको पहिलो खेलमै नेपालले नमिठो हार ब्यहोरेको छ । च्याम्पियनसिप र नेपालको लागि सिजनको पहिलो खेलमै ५–० गोअ अन्तरको लज्जास्पद हार ब्यहोरेको हो । नेपालको हार संगै घरेलु टोली भारतले उत्कृष्ठ शुरुवात गरेको छ ।

खेलको सुरुवात देखि नै नेपालमाथि हावी भएको भारतले छैटौं मिनेटमा पहिलो गोल गर्यो । उसका महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए । खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा अर्को गोल गर्यो । यसपटक उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप दुई गोल थप्यो । ५० औं मिनेटमा फेरीपनि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल गर्यो । उसका नोङमिकामपले गोल गर्दै टिमलाई चार शुन्यले अगाडी राखे ।

खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल थप्न सफल भयो । त्यसका विरुद्ध नेपालले एक पनि गोल फर्काउन सकेन । पुरै खेलमा नेपालले डरलाग्दो आक्रमण गर्न सकेन । जसका कारण नेपाल पहिलो खेलमा नै पराजित हुन पुग्यो । खेलको अन्तिममा नेपालको प्रहार बारमा लागेर फर्किन पुगेको थियो ।