आन्दोलन चर्किँदै गए हङकङका प्रदर्शनकारीमाथि चिनले दमन गर्न सक्ने खतरा

आन्दोलन चर्किँदै गए हङकङका प्रदर्शनकारीमाथि चिनले दमन गर्न सक्ने खतरा

काठमाडौँ, भदौ ४ । हङकङमा सरकारविरोधी आन्दोलन थप शक्तिशाली बन्दै गएपछि चिन दमन गर्न सक्ने खतरा बढ्दै गएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

हङकङमा भएको प्रजातान्त्रिकवादीहरुको आन्दोलनलाई चिनले आतंककारीको संज्ञा समेत दिसकेको छ । यस हिसावले वेइजिङ र हङकङको सम्वन्ध कस्तो हुने हो भन्ने विषयमा पनि शंका पैदा भएको छन् ।

हङकङमा भएको आन्दोलनको बारेमा चिनले भ्रम फैल्याएको आरोप समेत लगाइएको छ । सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनको बारेमा भ्रम फैलाइरहेको एजेन्सीहरुले जनाएका छन् ।

यसबिचमा हङकङको आन्दोलन चर्किँदै गएको खण्डमा चिनले पनि टुलुटुलु हेरेर बस्न नसक्ने ब्रिटेनका लागि चिनियाँ राजदुत लिउ सियाओमिङले बताएका छन् । चिनले एक्सन लिएको खण्डमा स्थिति भयावह बन्नसक्ने परिकल्पना समेत गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हङकङको मामिलामा छलफल गर्नका लागि राष्ट्रपति सि जिनपिङलाई सुझाव दिएका थिए । उनले हङकङको सिमानामा चिनियाँ सेना भेला भएको भन्दै हिंसात्मक दमन शुरु होला भनेर आफु चिन्तित रहेको बताएका छन् ।

स्वतन्त्रताको माग गर्दै करिब १७ लाख मानिसहरु ३ महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।

Trending News