बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रागबाट पीििडत मगरको ६४ बर्षको उमेरमा जालाखेलस्थित निदान अस्पतालमा निधन भएको हो ।
पछिल्लो समय फिल्म प्रतिबिम्बु निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।
आर्थिक अभावका कारण रानाले मृगौला प्रत्यारोपन गर्न सकेका थिएनन् । उनको मृगौला प्रत्यारोपणको लागि रकम जुटाउने अभियान पनि थालिएको थियो । निर्देशक रानाले स्वास्थ्य अवस्थामा सुधार भए चाँडै फिल्म निर्माणमा फर्किने आशा व्यक्त गरेका थिए । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो ।
राँकोु बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । उनी पहिलो भोजपुरी फिल्मको लेखक तथा निर्देशक समेत हुन् । उनकी श्रीमती गायिका संगीता राना प्रधान हुन् ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।