भाजपा नेता पुर्वअर्थमन्त्री अरुण जेटलीको निधन

Diyo post  

काठमाडौँ, भदौ ७ । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा जेटलीको निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय जनता पार्टीबाट लोकसभा सांसद समेत रहेका जेटली भाजपाका दिग्गज नेता थिए । श्वासप्रश्वास सम्बन्धी पीडित जेटलीलाई १५ दिन अघिदेखि अस्पताल भर्ना भएका थिए । उमेरले ६६ बर्ष पुगिसकेका जेटली स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनैपनि जिम्मेवारी नलिने समेत बताएका थिए ।

अरुण जेट्लीको निधनमा भाजपाले ठुलो क्षति पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत बताएका छन् । भाजपामा जेटलीको योगदान अतुलनीय भएको भन्दै प्रधानमन्त्री मोदीले पार्टीभित्रको सर्वाधिक लोकप्रिय व्यक्ति गुमाउनुपर्दा दुख व्यक्त गरेका छन् ।

भाजपाले एक महिनाको अवधीमा नै दुई ठुला राजनीतिज्ञ गुमाएको छ । एक महिना अघि मात्रै पुर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको थियो ।

सम्बन्धित खबर