७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई खुसीको खबर ! हवाई भाडामा आधा छुट

Diyo post  

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले जेष्ट नागरिकलाई यस्तो खालको सुबिधा दिने घोषणा गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।

सम्बन्धित खबर