काठमाडौँ, भदौ ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रिय सदस्यमा थप चार जनालाई मनोनित गरेको छ । सोमबार बसेको पार्टी सचिवालय वैठकले नयाँ शक्ति र विप्लव समुहबाट आएका २÷२ जनालाई केन्द्रिय सदस्य बनाएको हो ।
तात्कालिन नयाँ शक्तिबाट आएका देवेन्द्र पराजुली र कल्पना धमला तथा विप्लव माओवादी बाट आएका पदम राई र किरण राईलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको हो । ४ जना थपिएपछि नेकपाको केन्द्रिय सदस्य संखया ४ सय ४५ पुगेको छ ।