काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सोमबार रिहा भएसंगै उनको सम्पत्ती छानविन हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यलय चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ती खोजी गरिने बताएको छ ।
शालिकराम पुडासैनीले मृत्यअघि खिचेको भिडियोमा रविले अवैध रुपमा करोडौँ कमाएका भनिएको थियो । त्यसकै आधारमा प्रहरीले अभियुक्त लामिछानेसहित तिनै जनाको सम्पत्ती छानबिन गर्न लागेको हो । प्रहरीका अनुसार लामिछानेको सम्पत्ती खोजी गर्ने क्रममा उनको बैँक खाता खोजिएको भए पनि खाता नम्बर प्राप्त नभएकाले राष्ट्र बैँकलाई पत्राचार गरिएको बताइएको छ । प्रतिवादीहरुको बैँक खाता विवरण प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यहोरा अभियोगपत्रमा उल्लेख छ ।