टाकुला खोलाको बाढीले सडक बगाएपछि कर्णाली राजमार्ग अबरुद्ध

Diyo post  

काठमाडौँ, भदौ १० । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

“अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उनले भने, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।”

सम्बन्धित खबर