काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १०.२६ अंकले घटेर ११९७.७५ बिन्दूमा झरेको छ ।
कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ ।
समग्र परिसूचक घटेको दिन आरएमडीसी माइक्रो फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।
सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको छ ।