तुर्किस्तान पठाईदिन्छु भनी ३ लाख ठगेर फरार रहेका हर्क तामाङ पक्राउ

Diyo post  

काठमाडौँ, भदौ ११ । तुर्किस्तान पठाइदिन्छु भनेर लाखौँ रुपैया ठगी गरि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार महानगरिय प्रहरी महाशाखा टेकुबाट खटिएको टोलीले रामेछाप गंगा गाउँपालिका घर भएका ३४ बर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेको हो ।

भोजपुर स्थित पौवादुम्मा गाउँपालिका–६ घर भएका एक व्यक्तिलाई मासिक १२ सय डलर पारिश्रमिक दिलाउनेगरि तुुर्कीस्तान पठाउने भन्दै उनिसंग ३ लाख रुपैया ठगेका थिए ।

पैसा ठगेर वेपत्ता भएको सुचना महानगरिय प्रहरीले प्राप्त गरेपछि उनलाई जोरपाटीबाट पक्राउ गरिएको हो ।

पक्राउ पछिको प्रारम्भिक अनुसन्धान अनुसार उनले थप चार जना व्यक्तिलाई समेत यसैगरि ठगेको भेटिएको छ । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर