गजुरीमा २५० रोपनी जमिनमा गाँजा खेती, फडानी गर्न प्रहरी प्रमुखसहित ४१ जनाको टोली परिचालन

दियो पोस्ट  


धादिङ, भदौ ११ । धादिङको गजुरी गाउँपालिका–४ स्थिति गैरीगाउँमा प्रहरीले २ सय ५० रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवार सहितको टोलीले निकै ठुलो क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरेको हो ।

धादिङमा पहिलोपटक त्यति ठुलो क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरिएको हो । प्रहरी प्रमुख वैदवार आफै नै खुर्पा बोकेर फँडानी गर्न उत्रिएका थिए ।

उनको नेतृत्वमा ४१ जना प्रहरी अधिकारीहरु फडानी गर्नकै लागि परिचालन गरिएको छ ।