कतार र बंगलादेशका लागि राजदुत नियुक्त

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा वंशीधर मिश्र र डा नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले आज नियुक्त गरेकी हुन्।