काठमाडौं । दैलेख घर बताउने १७ वर्षीया किशोरीमाथि कलंकीमा सामुहिक बलात्कार भएकोे छ । धादिङका ३० वर्षीय मदन थापा मगर लगायतले उनी माथि बलात्कार गरेको प्रहरीले जनाएको छ उनको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सामुहिक एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् ।
प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित २ जनाले बलात्कार गरेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।