काठमाडौँ, भदौ १२ । भिजिट नेपाल २०२० लाई प्रचार गर्नका लागि कासा प्रालिले ‘डेब्यू २०१९’ फेसन सो गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै कासाले फेशन सोको लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ ।
नेपाल लगायत विश्वका विभिन्न २१ मुलुकहरुमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको कासाले शुक्रबार पाटन दरबार संग्राहलयमा सो कार्यक्रमको आयोजना गर्ने तयारी गरेको हो । भ्रमण बर्षलाई मध्यनजर गरि आयोजना गरिएको हुनाले उक्त फेशन सो पाटन दरबार संग्राहलयमा गरिएको आयोजकले जानकारी दिएको छ । साथै यस कार्यक्रममले पर्यटन प्रवर्द्धनमा समेत विशेष योगदान दिने आयोजकको विश्वास छ ।
उक्त फेसन शोमा नेपाल लगायत विश्वका निकै लोकप्रिय मोडलहरु उपस्थित हुने आयोजकले बताएको छ । कार्यक्रममा मिस नेपाल २०१८ का बिजेताहरु (मिस नेपाल वल्र्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपालयुनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रियासिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्यर मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंह) पहिलो पटक एउटै ¥याम्पमा सहभागिता जनाईरहेका छन् ।
त्यस्तै मिस नेपाल वल्र्ड २०१६ अस्मि श्रेष्ठ, मिस नेपाल वल्र्ड २०१७ निकिता चण्डकले समेत सहभागिता जनाउने छन् । एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्था पोख्रेल, इन्डियाज नेक्स्ट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बुको समेत सहभागिता रहने उक्त कार्यक्रममा पहिलो नेपाली ट्रांसजेंडर मोडल अन्जली लामा पनि देखिनेछिन् ।
त्यस्तै अन्तर्राष्ट्रिय स्तरबाट फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता एनी कुकोहोभी, इण्डोनेशियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बा इमान्युलाका साथै मिस अर्थ इन्डिया २०१८ निशी भारद्धाज तथा मिस एसिया तथा भारतीय मोडल रेवती श्रेत्रीको सहभागिता रहने छ । त्यस्तै विश्वकै ठूलो फेसन हाउस, जियूसीसीआईका अफिसिल फटोग्राफर मेनुयल स्क्रिमा फेसन सोको विशेष अतिथिका रुपमा रहने आयोजकले बताएको छ ।
कासाले आयोजना गर्न लागेको उक्त फेशन शो मा अन्य व्यवसायीक घरानाहरुले समेत साथ दिएका छन् । जसअनुसार ब्युटि पार्टनरको रुपमा ब्युटीहब नेपाल, भेन्यु पार्टनरको रुपमा द्वारिका होटल, फुड पार्टनरको रुपमा सन क्याफे एण्ड बार तथा द ट्र्यांगल , बैङकिङ पार्टनरको रुपमा माहालक्ष्मी विकास बैङ्क, कम्फर्ट पार्टनरको रुपमा कटन मिल, त्यस्तै गरेर एयरलाईन्स पार्टनरको रुपमा टर्किस एयरलाईन्स, ज्वेलरी पार्टनरको रुपमा इम्प्रेस ज्वेलरी तथा हस्पिटालिटी पार्टनरको रुपमा ताज भिभान्ताले सहयोग गरेको हो ।