श्रीमानले धेरै माया गरेको र कहिल्यै झगडा नगरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

दियो पोस्ट  

काठमाडौँ, भदौ ११ । आफ्नो श्रीमानले अत्याधिक माया गरेको भन्दै एक महिलाले डिभोर्स माग गर्दै अदालतमा निवेदन दिएकी छिन् । संयुक्त अरब इमिरेट्को फुजैरामा यो घटना भएको हो ।

ती महिलाले श्रीमानले आफुसंग कहिल्यै झगडा नगरेको आरोप लगाएकी छिन् । आफुलाई झगडा गर्ने मन हुँदा समेत श्रीमान सँधै दयालु भएर प्रस्तुत हुने गरेकोले संवन्धलाई थप अगाडी बढाउन नसक्ने बताएकी छिन् । उनले धेरै मायाले आफ्नो घाँटी थिचेको जस्तो अनुभव हुने समेत गुनासो पोखेकी छिन् ।

घरको सबै कामहरु श्रीमान्ले गरिदिने, आफुले जे भनेपनि विवाद नगरि मान्ने गरेको श्रीमतीले अदालतसामु बताएकी छिन् । आफुलाई छलफल र तर्कसहितको वादविवाद मन पर्ने तर श्रीमान विवाद भन्दा आफुलाई खुशी दिन लागि पर्ने भन्दै आफुलाई अत्याधिक माया नपच्ने बताएकी छिन् ।

ती महिलाले आफुलाई बेलाबेलामा झगडा गर्न मन लाग्ने तर त्यसको लागि आफ्नो श्रीमान कहिल्यै तयार नरहने उल्टै विभिन्न गिफ्ट बोकेर ल्याइदिने बताएकी छिन् ।

अदालतमा वयान दिने क्रममा उनका श्रीमानले भने आफु सँधै एक असल पति बन्ने प्रयासमा रहेको स्पष्टीकरण दिएका छन् । श्रीमतीले एकपटक आफ्नो तौल बढेको गुनासो गरेपछि आफुले निकै कठोर व्यायाम र डाइटि­ङ गरि तौल घटाएको स्मरण गर्दै आफ्नी श्रीमतीलाई सम्झाइदिन अदालतसामु आग्रह गरे ।

अदालतका न्यायधीश समेत ती महिलाको अभिव्यक्ति र उनले दर्ता गराएकी मुद्धालाई लिएर निकै अचम्ममा परेका छन् ।