कबड्डी कबड्डी कबड्डीको ट्रेलर सार्वजनिक, हलहरुमा असोज ३ देखि

दियो पोस्ट  

काठमाडौँ, भदौ १४ । बहुप्रतिक्षित चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ। १३ गते ढिला गरि युट्युवमा सार्वजनिक भएको उक्त ट्रेलरले निकै सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।

ट्रेलरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग प्रेम सम्बन्धका लागि अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई र कर्मा शाक्यको अन्र्तद्वन्द्वलाई प्रस्तुत गरिएको छ। २ मिनेट ३० सेकेन्ड लामो ट्रेलर दर्शकका लागि कौतुहलता सृजना गर्न सक्षम देखिन्छ।

फिल्ममा अन्य कलाकारहरु रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, वुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराललगायतको अभिनय छ।

बाँसुरी फिल्मस् र सिनेमा आर्टको ब्यानरमा निर्माणा गरिएको फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्य छ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

फिल्म असोज ३ बाट प्रदर्शनमा आउने छ।