नेप्सेमा ४२ अंकको भारी गिरावट

नेप्सेमा ४२ अंकको भारी गिरावट

काठमाडौं,साउन १८। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको पहिलो दिन आइतबार भारी गरिावटका साथ बन्द भएको छ । नेप्से आज ४२ दशमलव ७८ अंकले घटेर १ हजार ३ सय ९६ दशमलव २८ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज १ अर्ब ८४ करोड बढीको कारोबार भएको छ । आज सबै समूहमा राताम्मे छाएको छ ।

किङ ४१, व्यापार १६, होटल ७१, विकास बैंक ५४, जलविद्युत र फाइनान्स समान १४, निर्जीवन बीमा २३१, उत्पादन ६६, अन्य १२, माइक्रोफाइनान्स ७४, जीवन बीमा समूह २८३ अंकले ओर्लिएका छन्।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २२ करोड रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको मूल्य पनि घटेर प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १४ करोडको कारोबार भएको छ।

Trending News