कोरोना महामारीबीच रामेछापमा स्वयंसेविकाको भोज : न मास्क न सामाजिक दूरी !

कोरोना महामारीबीच रामेछापमा स्वयंसेविकाको भोज : न मास्क  न सामाजिक दूरी !

रामेछाप, २४ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो छ । संक्रमण नियन्त्रणका लागि स्थानिय प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर समेत नआउन अनुरोध गरिरहेको छ ।

झण्डै ३ महिनाको लकडाउन पश्चात सरकारले चाडपर्व नमनाउन र १५ जनाभन्दा बढी भिडभाड नगर्न निर्देशन नै जारी गरेको छ ।

तर, रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ५ स्थित स्वास्थ्य चौकीमा भने शनिबार ठूलै भोजभतेर आयोजना गरियो । सामान्य नागरिकलाई स्वास्थ्यको विषयमा सु–सुचित गराउनुपर्ने र कोरोना भाइरस लागे उपचार गर्नुपर्ने स्वास्थ्य चौकीमा नै दरखाने कार्यक्रम आयोजना गरिएको हो ।


स्वास्थ्य चौकी र महिला स्वयं सेविकाहरुले नै आयोजना गरेको दर खाने कार्यक्रममा न त सामाजिक दूरी न त मास्कको प्रयोग नै थियो ।

उनीहरुको दरखाने कार्यक्रममा साक्षी भने जनप्रतिनिधिहरु बनेका थिए । कार्यक्रममा सहभागी भएका केही विद्यालयका प्राधानाध्यापक समेत ठूलो स्वरमा साउण्ड सिस्टम बजाउँदै नाचेका थिए । अत्याधिक भिडभाडबीच आयोजित कार्यक्रममा वडाका प्रतिनिधि समेत सहभागी थिए ।

स्वास्थ्य चौकी प्रमुख विनोद मण्डलले भिडभाडलाई नियन्त्रण गर्नुको सट्टा आफैले उक्साएको कार्यक्रममा सहभागी एक प्रतिनिधिले दियोपोष्टलाई बताए ।

Trending News