सुनको मुल्य एकैदिन ६ हजार २ सयले घट्यो, तोलाको ९५ हजार ४००

दियोपोस्ट संवाददाता

काठमाडौं, साउन २८ । क्रमिक रुपमा बढ्दै गइरहेको सुनको मुल्य बुधबार एकैपटक ह्वात्तै घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको हो ।

मंगलबार तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।

सम्बन्धित खबर

सिफारिस