३ दिनदेखि बेपत्ता कान्तिपुरका पत्रकार बलराम बानियाँको लास फेला !

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ साउन । केहीदिनअघि देखि बेपत्ता भएका कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव फेला परेको छ ।



दुई दशकदेखि प्रशासनीक क्षेत्रमा कलाम चलाउँदै आएका बानियाँ हराएको विषयमा प्रहरीमा उजुरी परेको थियो । तनहुँ स्थायी घर भएका बानियाँले केही दिनअघि पहिलो पृष्ठमा नेपाली भूमि चीनले हडपेको समाचर लेखेका थिए । उक्त समाचारपछि कान्तिपुरले उक्त समाचारबारे माफी नै मागेको थियो ।
बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । 

प्रत्यक्षदर्शीले उनलाई बचाउन डोरी र बाँस समेत दिएका थिए । तर उनले त्यसको सहारामा बाँच्न नचाहेको समेत देखिएको पाइएको छ ।


मदिरा सेवन गरेको अवस्थामा खोलामा हाम्फालेका उनलाई बचाउनका निम्ति प्रत्यक्षदर्शीले डोरी र बाँससमेत दिएका थिए । तर, उनले ती दुबै चिजको प्रयोग गरेनन् वा गर्न सकेनन् ।

उनको शव पोष्ट मार्टमका लागि अस्पताल लगिदैछ ।

सम्बन्धित खबर

सिफारिस