
rLgåf/f :jf:Yo ;fdfu|L x:tfGt/0f l;Gw'kfNrf]s @* ;fpg M sf]/f]gf dxfdf/Lsf] ;dodf rLgsf] g]nd sfpG6Ln] l;Gw'kfNrf]s lhNnfnfO{ clxn];Dds} 7"nf] dfqfsf] :jf:Yo ;fdfu|L x:tfGt/0f . a'waf/ ldt]/L k'ndf ;f] ;xof]u ;fdu|L x:tfGt/0f ul/Psf] xf] . tftf]kfgL eG;f/ ;'Svf aGb/ufx sfof{nosf k|d'v nfnaxfb'/ vqLn] ltAatsf g]nd eG;f/ sfof{nosf pklgb]{zs ld:6/ ;fª a'dfkm{t ;f] ;fdu|L ul/Psf] xf] . t:jL/ b]j/fh ;'j]bL ÷/f;;
सिन्धुपाल्चोक, साउन २८ । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै आइसोलेसन मास्क दुई हजार थान तथा एन नाइन्टीफाइभ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ ।
चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भीटीएम दुई हजार थान र पीसीआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको बताए ।
नेलम काउन्टीका समकक्षीसँग आफूले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पीपीई सेट तथा स्वास संकलन गर्ने सामग्री र पीसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठूलो राहत मिलेको ढकालले बताए । यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।
प्रजिअ ढकालका अनुसार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक साङ बुमार्फत सो सामग्री बुझेका हुन् ।
मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र निर्मलीकरण गर्न एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको भण्डारमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेका ठाउँमा तुरुन्तै परिचालन गरिनेछ ।रासस